यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको दोस्रो दिन आज सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला  एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार १८० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ रुपैयाँ तोकेको छ।