यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ७५० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ७३ रुपैयाँ तोकेको छ।