यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुन भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला  एक लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलाको एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ४१० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैसा तोकेको छ।