यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला  एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलाको एक लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ६२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार १५५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैशा तोकेको छ।