यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला  एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ७२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ।