यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहँदै सोही मुल्यमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदी भने तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ८ सय ९५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १५ रुपैयाँ तोकेको छ  ।