यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदी १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ३६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ८ सय ९५ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ तोकेको छ  ।