यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सयले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ७ रुपैयाँले नै बढेर एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदी भाउमा बिहीबार २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ७ सय २५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ  ।