यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला दिनमा लगातार बढेको सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहिबार प्रतितोला १ लाख १३ हजार ७ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।  यो हालसम्म कै उच्च मूल्य हो ।

त्यस्तै तेजावी सुनको मुल्य पनि आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १४ हजार ९  सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९९ हजार २५  रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९८ हजार ५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार२ सय रुपैयाँ कायम गरेको छ ।