यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ९ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १३  सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ५ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।