यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला  १ लाख १२ हजार ३ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।