यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुन चाँदीको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार  प्रतितोला  १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य तोलामा ४५ रुपैयाँ बढेर  प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।