यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला  १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा  एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ हजार  रुपैयाँले बढेर १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार १ सय ५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ६ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।