यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहीबार सुनको मुल्य बढेको छ । मंगलबार  प्रतितोला  १ लाख  ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर १ लाख  ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन पनि प्रति तोला ४ सय रुपैयाँले बढेर १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ९ सय ९० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।