यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनको मुल्य बढेको छ । मंगलबार  प्रतितोला  १ लाख  ६ हजार ६ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख  ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

गतसाताको मंगलबारदेखि घट्न थालेको सुनको मुल्य यससाताको मंगलबार हिजोसम्म गरी निरन्तर ७ कार्यदिनमा ५ हजार ६ सयले घटेको थियो ।

आज तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ६ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार २ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।