काठमाडौं ! आइतबार पनि सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ ।
गतसाताको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मुल्यले यो साता पनि निरन्तरता पाएको हो । मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो । यसरी हेर्दा सुनको भाउ लगातार पाँच दिनमा ४ हजार २ सय रुपैयाँ घटेको छ ।
आज तेजावी सुन पनि प्रति तोला ८ सय रुपैयाँले घटेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार १ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।