यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको भाउ घटेको छ भने चाँदी भाउ बढेको छ । बिहिबार पनि घटेर प्रतितोला १ लाख  ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख  ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन पनि प्रति तोला ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।