यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार पनि सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला  १ लाख  ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार ४ सय रुपैयाँले घटेर १ लाख  ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन प्रति तोला एक हजार ३ सय ५० रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।