यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला  १ लाख  ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले घटेर १ लाख  ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन प्रति तोला ८ रुपैयाँले घटेर १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।