यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौ ! सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख  १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख  ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन प्रति तोला ४ रुपैयाँले घटेर १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।