यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार  प्रतितोला १ लाख  १२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख  १२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।