यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलवर सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख  १३ हजार रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *