यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुन र चाँदीको भाउ सामान्य बढेको छ । आइतबार प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा एक सय रुपैयाँले  बढेर  प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *