यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको पहिलो दिन आइतबार सुन र चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले  घटेर  प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *