यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *