यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ५ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *