यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६० रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *