यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! बिहिबार सुनको बाउ बढेको छ भने चाँदीको भाउ  घटेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज बिहिबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *