यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ७ सयमा कारोबार भइरहेको छ । लगातार ४ दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढेको हो ।

आज तेजावी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ७ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *