यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५०  रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *