यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदी भाउ बढेको छ । बुधबार् प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज विहिबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५०  रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *