यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ स्थिर छ । आइतबार प्रतितोला १ लाख १० हजार ३ सयमा कारोबार भएको छापावाल सुन पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा स्थिर छ ।

आज चाँदीको भाउ पनि तोलाको १ हजार ३ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *