यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला १ लाख ११ हजार ३ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा २ सयले बढेर प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने स्थिर रहदै  प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ४ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *