यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि प्रति तोला १ लाख ११ हजार १ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि स्थिर रहदै  प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *