यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदीको भाउ घटेको रहेको छ । बुधबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सयले घटेर प्रति तोला १ लाख ११ हजार ३ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा ७ सयले घटेर प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ४ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *