यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ घटेको रहेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार १ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ६ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *