यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *