यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४  सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा २५  रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *