यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार  प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३  सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ७ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ३ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४७ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *