यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ९ सयले घटेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ५ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *