यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आजको वृद्धि संगै छापावाल सुनको मूल्य उच्च बिन्दुको नजिक पुगेको छ । गत साता मात्रै सुनको मूल्य  १ लाख १३ हजार ६ सय पुगेर उच्च मूल्यको रेकर्ड कायम गरेको थियो  ।

आज तेजावी सुन पनि तोलामा ८ सयले बढेर प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ८ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *