यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५  सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *