यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ। आज तोलामा ३ सयले बढेपछि छापावाल सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।

आजको वृद्धिपछि छापावाल  सुन प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस अघिको उच्च मूल्य जेठ १९ गते कायम भएको थियो । सो दिन छापावाल सुन प्रति तोला १ लाख १३ हजार ३ सय थियो ।

बुधबार प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ८२ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *