यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९-० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ९  सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ७७ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *