यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय रुपैयाँ नै कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ८  सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३४  रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *