यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ। आइतबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि स्थिर रहदै सोहि मूल्यमा नै कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि स्थिर रहदै प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ४  सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *