यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ७ सय रु[रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा २० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ४  सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *