यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *