यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटे प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *