यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *